उपनिर्वाचन अपडेट : बारा– २ मा यादव कुशवाहभन्दा तीन हजार मतान्तरले अगाडि

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०६:४६

मकवानपुर। बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

मंगलबार बिहानसम्ममा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई तीन हजार बढी मतान्तरले पछि पारेका छन्। यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन् भने कुशवाहाले ६ हजार ७७१ मत पाएका छन्। दुई उम्मेदवारबीच ३ हजार ९९ मतान्तर छ।

नेकपा एमालेका पुरूषोत्तम पौडेलले तीन हजार ७०० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल एक हजार १७४ मतसहित चौथो स्थानमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*