उपनिर्वाचन अपडेट : भारी मतान्तरसहित तनहुँ–१ मा रास्वपाका वाग्ले विजयी

बकैया दर्पण संवाददाता
१२ बैशाख २०८०, मंगलवार ०६:३८

मकवानपुर। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ –१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उहाँ विजयी हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको हो । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको हो ।

वाग्लेले यसअघि मंसिर ४ मा विजयी उम्मेदवारले भन्दा बढी मत ल्याउनु भएको हो । अन्तिम मतपरिणाम नआई जित सुनिश्चित गरेका वाग्लेले यसअघि निर्वाचित कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले ल्याएको मतभन्दा बढी मत ल्याउनु भएको हो । मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*