चितवन–२ मा रवि लामिछानेकाे अग्रता कायमै, जितनारायण श्रेष्ठ झन्डै दाेब्बर मतले पछि

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार २०:०४

मकवानपुर । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म नाै हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेकाे अग्रता कायमै छ ।

ताजा मतपरिणामअनुसार लामिछानेले चार हजार तीन सय ५८ मतसहित अग्रता लिइरहनुभएकाे छ । नेकपा एमालेका रामप्रसाद न्याैपानेले दुई हजार पाँच सय ५८ मतसहित लामिछानेलाई पछ्याइरहनुभएकाे छ । उहाँहरूबीच एक हजार सात सय ७३ मतकाे अन्तर रहेकाे छ ।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ लामिछानेभन्दा झन्डै दाेब्बर मतले पछि पर्नुभएकाे छ । उहाँले दुई हजार दुई सय पाँच मत प्राप्त गर्नुभएकाे छ । श्रेष्ठ लामिछानेभन्दा दुई हजार एक सय ५३ मतले पछि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*