बारा–२ मा उपेन्द्र यादवले २ हजार ६ सय मत प्राप्त गर्दा रमेश खरेललाई ३ सय ३ मत

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार १९:५६

मकवानपुर । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म छ हजार सात सय ७४ मत गन्दा जनता समाजवादी (जसपा) का उपेन्द्र यादवकाे अग्रता कायमै छ ।

ताजा मतपरिणामअनुसार यादवले दुई हजार छ सय मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याइरहनुभएकाे छ । कुशवाहाले दुई हजार ६७ मत प्राप्त गर्नुभएकाे छ । उहाँहरूबीच झन्डै छ सयकाे मतान्तर रहेकाे छ ।

यस्तै नेकपा एमालेका पुरुषाेत्तम पाैडेलले आठ सय ६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले तीन सय तीन मत प्राप्त गर्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*