तनहुँ–१ मा स्वर्णिम वाग्लेकाे अग्रता कायमै

बकैया दर्पण संवाददाता
११ बैशाख २०८०, सोमबार १९:४९

मकवानपुर । प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

पछिल्लाे मतपरिणामअनुसार वाग्लेले १८ हजार चार सय ६१ मत प्राप्त गर्नुभएकाे छ । उहाँले कांग्रेसका गाेविन्द भट्टराईभन्दा सात हजार छ सय ४४ मतले अघि हुनुहुन्छ । कांग्रेसका भट्टराईले १० हजार आठ सय १७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले छ हजार ६७ मत पाउनुभएकाे छ ।

यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*