पुन: बढ्यो कोरोना, समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

बकैया दर्पण संवाददाता
३ बैशाख २०८०, आईतवार १४:२१

मकवानपुर । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो।

केहीदिन यता नेपालमा दैनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन्। यस बीचमा केही नागरिहरूको कोरोना भाइरसका कारण निधन भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनले बताए।

उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरू रहेको बताए। उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरू फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातीको रहेको बताए। डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे।

उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए। कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन्। अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ।

उनले भने,’पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ। केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ। केही व्यक्तिको मृत्यु भएको पनि छ। कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ। जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ। आदिभन्दा बढी नयाँ नै देखिन्छ। एक्सबीबी.वान.१६ मुख्य मानिएको छ। कोरोना फैल्याउन। नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ। भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो। यसको मतलव यो संक्रामक छ। तर संक्रामक हुँदाहुँदै पनि यो ओमिक्रोनकै सबभेरियन्ट भएकाले तुलनात्मक रुपमा डेल्टा त्यो भन्दा अघिको लहरमा देखिएको भेरियन्ट भन्दा कम घातक मान्ने गरिन्छ। आइसीयुमा जानुभएका र मृत्यु भएकाहरु ज्येष्ठ नागरिक र दीर्घरागीहरु हुनुहुन्छ। त्यसैले खोप नलगाएको भए लगाउनुहोस्, बुस्टर डोज दिइरहेको छ। यो ठूलो घातक नमानिएपनि यसले दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्छ, त्यसैले शतर्कता अपनाउन जरुरी छ। शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुन्छ। मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ।’

डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे। उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए। उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*