बालुवाटारमा गोली चल्यो

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार ०९:५५

मकवानपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’की आमा बसेको घरमा गोली चलेको छ। गोली लागेर वर्षमानकी आमा घाइते भएकी छन्। खुट्टामा गोली लागेकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।

भीआईपी सुरक्षामा खटिएका एक सदस्यले बोकेको हतियारबाट शुक्रबार राति साढे ९ बजेतिर गोली चलेको प्रहरीले जनाएको छ। ती सुरक्षाकर्मी (प्रहरी सहायक हवल्दार) गएराति नै आफैं परिसरको सम्पर्कमा पुगिसकेका छन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।  ‘नियोजितभन्दा पनि एक्सिडेन्ट्ली घटना भएको भन्ने जानकारी प्राप्त भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*