बजेट नयाँ र गुणात्मक ल्याइने प्रधानमन्त्री दाहालको भनाई

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७९, सोमबार १४:०७

मकवानपुर। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतको भन्दा भिन्न र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको हो ।

उहाँले परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट देशको समृद्धि सम्भव नहुने कुरामा सरकार स्पष्ट भएको बताउनुभयो । उहाँले भविष्यमा आउने सरकारले समेत प्रेरणा लिन सक्नेगरी बजेट र योजनाहरु तर्जुमा गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको सय दिनमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रमा धेरै संकट नदेखिएको बताउनुभयो । उहाँले दश महिनालाई पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको उल्लेख गर्दै यसलाई सकारात्मक र उत्साहप्रदक स्थितिको रुपमा लिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले बैंकको ब्याजदर घटाउनको निम्ति पनि आफूले प्रयास गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकार र नीजि क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*