एमाले नेता लेखराज भट्टको घरमा खाना खाना पुगे प्रचण्ड

बकैया दर्पण संवाददाता
२६ चैत्र २०७९, आईतवार १२:२१

मकवानपुर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । आज (आइतवार) एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भैरहेको छ भन्नेबारे खुल्न सकेको छैन ।

स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन् । लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए। अहिले उनले प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यस्तै प्रधानमन्त्री प्रचण्ड आजै राजधानी फर्कने कार्यक्रम छ । उनी साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ । बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी पुगेका उनी बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन् । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*