मुख्यमन्त्री जम्कट्टेलको बागमती प्रदेश सरकारलाई पूर्णता दिने तयारी

बकैया दर्पण संवाददाता
१९ चैत्र २०७९, आईतवार १०:२२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले आइतबारसाँझसम्म मन्त्रिपरिषद् विस्तार गर्नेगरी तयारी गर्नुभएको छ ।

संघीय सरकारमा राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनमा गठबन्धन परिवर्तन भएपछि बागमति सरकारबाट नेकपा ९एमाले० बाहिरइसकेको छ । हाल एमालेको भागमा रहेको चार मन्त्रालय रिक्त छन् । त्यसअघि नै तीन मन्त्रालय रिक्त थियो । यसरी बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेका छन् ।

रिक्त रहेका ७ मन्त्रालयमध्ये ५ जना नेपाली कांग्रेसबाट तथा नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबाट १र१ जना मन्त्री नियुक्त गर्ने तयारी छ ।

११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरी मन्त्रालयको भागबण्डा मिलाउने सहमतिअनुसार कांग्रेसले ५ वटा मन्त्रालय पाउने भएको हो । यसअघि कांग्रेसले ६ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा मन्त्रालयको संख्या नबढाउने समझदारीपछि ५ वटा मन्त्रालयमा सहमति जुटेको हो ।

प्रदेश सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*