आज पत्रकार सम्मेलन गर्दै रास्वपा

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७९, शनिबार १०:३६

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार पत्रकार सम्मेलन गर्दै छ ।

पत्रकार सम्मेलन दिउँसो ४ बजे बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलन मार्फत उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुको घोषणा हुने बताइएको छ ।

रास्वपाका सभापति रवि लामिछानेसहित बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा। स्वर्णिम वाग्ले र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले एकसाथ पत्रकार सम्मेलन गर्नु हुने सभापति लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।

रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा लामिछाने, तनहुँ–१ मा वाग्ले र बारा–२ मा खरेलललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*