कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७९, शनिबार १०:३४

मकवानपुर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।

कांग्रेसले ८ मन्त्रालय पाएकोमा शुक्रबार ४ मन्त्रीलाई मात्रै शपथग्रहणमा पठाएको थियो । अब ४ मन्त्री छान्न बाँकी छ । आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।

यस्तै, कांग्रेसले तनहुँ–१ र चितवन–२ मा उम्मेद्वार टुंगो लगाएपनि बारा–२ मा टुंगो लगाउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*