उम्मेद्वार टुंगो लगाउँदै एमाले

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७९, शनिबार १०:३३

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ ।

शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । शुक्रबारसम्म जिल्लाबाट आकांक्षीहरूको नाम सिफारिस भएको र शनिबार बैठक बसेर उपनिर्वाचन हुन लागेका तीनै क्षेत्रमा उम्मेदवार तय गरिने रिमालको भनाई छ ।

बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*