उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक

बकैया दर्पण संवाददाता
१७ चैत्र २०७९, शुक्रबार १०:१६

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको मात्रै नाम रहेको छ । यस्तै, तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्माको नाम सार्वजनिक गरिएको छ भने बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम समावेश छ ।

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*