गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड लागे चितवन

बकैया दर्पण संवाददाता
१६ चैत्र २०७९, बिहीबार १०:२४

मकवानपुर । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमालगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन जानु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किनु भएपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ । प्रधानमन्त्री प्रचण्डले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*