गठबन्धन बैठक कांग्रेस र एकीकृत समाजवादीको दाबीले निष्कर्षविहीन

बकैया दर्पण संवाददाता
१५ चैत्र २०७९, बुधबार १४:१८

मकवानपुर । सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ । नेपाली कांग्रेसले ८ मन्त्रालयभन्दा तल नझर्ने र एकीकृत समाजवादीले ३ मन्त्रालय आफूले पाउनैपर्ने दाबी राखेपछि बुधबार बिहान बसेको बैठकमा सहमति नजुटेको हो ।

नेपाल समाजवादी पार्टीका नेता रामेश्वर राय यादवले कांग्रेस र एकीकृत समाजवादीले गरेको दाबीमाथि छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘कांग्रेसले ८ मन्त्रालयभन्दा तल झर्ने स्थिति छैन भनेको छ । माधव नेपालजीले कम्तीमा ३ मन्त्रालय पाउनैपर्ने दाबी गर्नुभएको छ ।’ संयुक्त बैठकमा कुरा नमिलेपछि गठबन्धनमा भएका राजनीतिक दलका नेताहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको छ । बालुवाटारमा नै दलका नेताहरूबीच छलफल भइरहेको हो । नीति तथा कार्यक्रमा र मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार नै लगाउने गरी छलफल भइरहेको यादवले बताए । उनले भने, ‘सहमतिमा त आउनैपर्छ । सबै दलहरू छुट्टछुट्टै पनि बसिरहनुभएको छ । सहमति आजै हुनसक्छ ।’

गठबन्धनले संयुक्ति नीति तथा कार्यक्रम पनि करिब टुंगो लगाएको नेताहरूले बताएका छन् । गठबन्धनको बैठक प्रतिनिधिसभा बैठकपछि पुनः बस्ने गरी अहिले दुई पक्षीय र दलका आ-आफ्ना ब‌ैठक बसिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*