यो सरकार ५ वर्षसम्मै टिक्ने प्रधानमन्त्रीको दाबी

बकैया दर्पण संवाददाता
१५ चैत्र २०७९, बुधबार १४:०७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको छ ।

काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन साहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताउनुभएको थियो । मेयर बालेनलाई जवाफ दिँदै प्रधानमन्त्री दाहालले निर्वाचनपछि लगातार एउटै सरकार भएको भन्दै सरकार अस्थिर नहुने बताउनुभएको हो ।

काठमाडौंमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाइयोस् भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

प्रधानमन्त्री दाहालले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*