आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा

बकैया दर्पण संवाददाता
१५ चैत्र २०७९, बुधबार १०:२२

मकवानपुर । काठमाडौंमा बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ ।

हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो । जमलबाट सुरू हुने रथयात्रा आगामी आइतबारसम्म चल्ने छ । रथयात्राका कारण आगामी आइतबारसम्म काठमाडौंका विभिन्न स्थानमा ट्राफिक आवागमन प्रभावित हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले सेतो मच्छिन्द्रनाथको रथयात्राको रुटको सम्बन्धमा सूचना जारी गर्दै आगागमन प्रभावित हुने जनाएको छ । जस अनुसार बुधबार तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी र असन क्षेत्रको आवागमन प्रभावित हुने छ । भोलि बिहीबार असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, शुक्रबार हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुने महानगरपालिकाले जनाएको छ ।

यस्तै शनिबार लगन चोक र आइतबार लगनचोक जैसीदेवल, कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले सो क्षेत्रमा आगागमन प्रभावित हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*