गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनु पर्नेमा काङ्ग्रेस सभापति देउवाको भनाई (पूर्णपाठसहित)

बकैया दर्पण संवाददाता
६ चैत्र २०७९, सोमबार १५:०६

मकवानपुर । सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताउनु भएको छ ।

उहाँले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने जोड दिनुभयो।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन एकजुट हुनुपर्ने बताउनु भयो ।

सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाले जोड दिनुभयो ।

deuba-speech

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*