प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

बकैया दर्पण संवाददाता
४ चैत्र २०७९, शनिबार १९:३३

मकवानपुर ।    सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरुको बैठकले विधेयक भोलि संसद बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।

नेकपा एमाले र राप्रपाले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयकलाई संसदमा पेश गर्न माग गरेपनि सत्ता गठबन्धनले भने भोलि नै पेस गर्ने निर्णय गरेको हो । यस्तै, पर्सि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र १० वटै दलले उहाँलाई मत दिने पनि निर्णय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक प्रावधान अनुसार पर्सि विश्वासको मत लिन लाग्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*