उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित

बकैया दर्पण संवाददाता
३ चैत्र २०७९, शुक्रबार २०:०१

मकवानपुर ।  जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव देशकाे तेस्राे उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । आज शुक्रवार भएको उपराष्ट्रपतिको चुनावमा यादव बहुमत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

यादवले ३० हजार तीन सय २८ मतभार प्राप्त गर्नुभयो । उहाँले सङ्घीय संसद्तर्फ १४ हजार पाँच सय ३६ र प्रदेश सभातर्फ १५ हजार सात सय ९२ मतभार पाउनुभएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार छ सय २८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार तीन सय १४ मतभारभन्दा बढी मत ल्याउनुभएको छ ।

यादवले नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पराजित गर्नुभएको हो । उपराष्ट्रपतिमा जसपा सांसद प्रमिला कुमारीले पनि उम्मेदवारी दिनुभएको भए पनि मतदानअघि नै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै यादवलाई सघाउनुभएको थियो ।

यादव गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*