भाेलि बिहीवार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार १९:१७

मकवानपुर  ।   भाेलि बिहीवार हुने नेपाल र यूएईबीचको खेलमा टिकट बिक्रीबापत उठेकाे सबै पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले भोलि हुने नेपाल र यूएईबीचको खेलका लागि टिकट बिक्रीबाट आउने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो । कल्याणकारी कोषको रकम खेलाडीको हित र अत्यावश्यक काममा खर्च हुने गरेको छ ।

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत भोलि नेपालले अन्तिम खेलमा यूएईसँग खेल्दैछ । भोलि यूएईलाई हराउन सकेमा नेपाल सिधै विश्व कप क्वालिफायरमा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*