प्रदेश प्रमुखहरू र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

बकैया दर्पण संवाददाता
१ चैत्र २०७९, बुधबार १३:४५

मकवानपुर । प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा समसामयिक छलफल भएको बताइएको छ ।

भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार सहभागी थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने सहभागी हुनु भएको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*