नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट राजीनामा

बकैया दर्पण संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १५:३२

मकवानपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ ।

बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहनुभएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाउनुभएको हो । पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउनुभएको छ ।

कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयले पुष्टि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*