आज संयुक्त पत्रकार सम्मेलन गर्दै माओवादी घटकहरु

बकैया दर्पण संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १२:०७

मकवानपुर । माओवादी घटकका आठ राजनीतिक दलले आइतबार पत्रकार सम्मेलन गर्दैछन् ।

दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिन लागेको हो । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादी घटकहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*