राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्रीलाई थप जिम्मेवारी

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १८:४७

मकवानपुर । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार प्रचण्डले नै सम्हाल्नेगरी तोकेको जनाएको छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले हिजाे शनिवार प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको थियो । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*