सरकारकाे जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०७९, आईतवार १३:५९

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल दाहालले जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भएकाे बताउनुभएकाे छ ।

प्रधानमन्त्रीले दाहाले आइतबार बिहान जनयुद्धका शहीद तथा वेपत्ता योद्धाका परिवारहरूसँगको अन्तर्क्रियाकाे क्रममा यस्ताे बताउनुभएकाे हाे । नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने शहीदहरूको उच्च सम्मानसहित राष्ट्रिय शहीद घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयाे।

उहाँले आइतबार जनयुद्धको क्रममा पहिलो बलिदान गर्ने शहीद दिलबहादुर रम्तेलको स्मृति दिवस भएकाे पनि बताउनुभयाे । २००७ सालको क्रान्तिदेखि झापा विद्रोह, जनआन्दोलन र जनयुद्धका शहीदहरू हाम्रा राष्ट्रिय गौरव भएकाे उहाँकाे तर्क छ ।

उनीहरूको उच्च सम्मान गर्नु पर्ने र वर्तमान सरकारले जनयुद्ध लगायत सबै आन्दोलनका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी उहाँले बताउनुभयाे । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिंदै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरू छिट्टै सम्पन्न गर्ने समेत बताउनुभयाे ।

संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा सत्य निरुपण तथा मेलमिलाप विधेयक अगाडि बढेको पनि उहाँले बताउनुभयाे । अब छिट्टै टुंगोमा पुग्ने उहाँकाे भनाइ थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*