सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दियो

बकैया दर्पण संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:५१

मकवानपुर । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रस्तावित विधेयकमा संवैधानिक परिषदको बैठक बस्न आवश्यक गणपूरक संख्या, निर्णयको प्रक्रिया लगायतका विषय समावेश छन् । यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याएर बैठक बस्न आवश्यक गणपूरक संख्या र निर्णयको प्रक्रियाका विषय संशोधन गरेका थिए । तर प्रतिनिधिसभाले पारित नगरेका कारण अध्यादेशमा उल्लेख भएको व्यवस्थाले कानुनी रुप लिन सकेन । बरु अध्यादेश निष्क्रिय भएका कारण संवैधानिक परिषदसम्बन्धी कानुनको अध्यादेशले संशोधन गरेको व्यवस्था जगाउने कामसमेत भएको छैन ।

अध्यादेशले संशोधन गरेका विषयहरुलाई संशोधन गर्न विधेयक ल्याउनुपरेको सरकारी अधिकारीहरु बताउँछन् । संवैधानिक परिषदसम्बन्धी संशोधन विधेयक संसदले पारित गरेपछि मात्र प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*