शनिबारबाहेकका विदामा महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल

बकैया दर्पण संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:४६

मकवानपुर । शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।

एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो । मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे छलफल भएको हो ।

प्रशासनिक समितिमा पनि यसबारे छलफल भएको थियो । एक सचिवका अनुसार हरेक विदाका दिन एक सिफ्टमा भए पनि सेवा दिनेगरी गरी छलफल भएको हो । ती सचिवले भने, ‘त्यो खाकाले अन्तिम रुप पाएको छैन, छलफलका क्रममा छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*