बागमती प्रदेश सभा सचिवालमा दुई वटा विधेयक दर्ता

बकैया दर्पण संवाददाता
८ फाल्गुन २०७९, सोमबार १७:५४

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा आज मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा सरकारको तर्फबाट दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार, आज प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाको शर्तसम्बन्धन बनेको विधेयक २०७९ र स्थानीय तहका सेवाको गठन, संचालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ दर्ता भएको हो ।

उक्त विधेयक आगामी केही हप्ताभित्रै बस्ने प्रदेशसभाको बैठकमा पूर्ण छलफलको लागि प्रस्ताब टेबुल गरिने सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए । बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*