आज जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०९:३६

मकवानपुर । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्न गइरहेको छ । देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।

जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हँुदैनछ । राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।

साथै, जसपाले नेकपा एकीकृत समाजवादीलगायत अन्य साना दलहरुसँग पनि एकीकरणका लागि छलफल गरिरहेको छ । विभिन्न पार्टीसँगके एकता प्रक्रियाका विषयमा समीक्षात्मक छलफल हुने बताइएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा ११ वजेदेखि बस्ने भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*