पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०७९, बिहीबार १६:३२

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बिहिवार भारत प्रस्थान गरेका छन् । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११ औँ अखिल भारतीय महाधिवेशनमा विशिष्ट अतिथिका रुपमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन् । भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालका पत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा.शङ्कर खतिवडा रहेका छन् । प्रतिनिधिमण्डलको दुई दिनको कार्यक्रम सकेर काठमाडौँ फर्कने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*