उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

बकैया दर्पण संवाददाता
२९ माघ २०७९, आईतवार ११:२१

मकवानपुर । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

राष्ट्रपति निर्वाचन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न संयन्त्रको बैठक बसेको हो । प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार आइतबारको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको आसन्न निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था एवं सरकारको पूर्णतालगायतका विषयमा छलफल भईरहेको छ ।

यसअघि गत शुक्रबार पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । निर्वाचन आयोगले यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ । चुनावको मिति नजिकिदै गएपनि सत्ता साझेदार दलहरू राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन् ।

नेकपा एमालेले सरकार गठन हुँदाको सहमति अनुसार राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने बताईरहेको छ । तर, माओवादी भने राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाएर सर्वस्वीकार्य व्यक्ति ल्याउनुपर्ने अडानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*