आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार ०९:५०

मकवानपुर । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बिहीबार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक आज बिहान ९ बजे बस्ने भएको हो ।

बिहीबार बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

सो भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ । यद्यपी रास्वपाले सरकारको समर्थन भने कायमै राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*