आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दै

बकैया दर्पण संवाददाता
२७ माघ २०७९, शुक्रबार ०९:४०

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्ने भएकी छन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन । फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*