६ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ११:०८

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वटा मन्त्रालय सम्हाल्नुभएको छ । अदालतको फैसलासँगै गृह मन्त्रालय सम्हाल्दै आउनुभएका प्रधानमन्त्रीले श्रम तथा रोजगार र शिक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको हो ।

सर्वोच्च अदालतले तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता तत्काल कायम नरहेको फैसला गरेसँगै गृह मन्त्रालय पनि सम्हाल्नुभएका प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालयमा मन्त्री नै नियुक्त गर्नुभएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै सत्ता समिकरणमा चुनौती पनि थपिएको छ ।

खाली रहेका मन्त्रालयमा तत्कालै सत्ता गठबन्धन बाटै पूर्णता दिने वा सक्ताबाहिरका दललाई समेत सामेल गराउने भन्नेबारे टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुष १० मा सरकार बनेको थियो । सरकार गठन भएको डेढ महिना हुँदा पनि सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्रीले जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगाएतलाइ सरकारमा सहभागि गराउने कोशिश पनि गरिरहनुभएको छ ।

आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले पनि उम्मेद्वारी दिने बताएपछि सत्ता गठबन्धनभित्र पनि खटपट होला कि भन्ने आशङ्का देखिएको छ । रास्वपा सरकारबाट बाहिरिनु, यसले सत्ता गठबन्धनमा असजिलो हुनु तथा पछिल्लो राजनितिक समिकरणले सरकारको भविष्यमा नै केही असर पर्न सक्ने आँकलन पनि गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*