गण्डकी प्रदेशसभाको बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२४ माघ २०७९, मंगलवार ०९:२०

मकवानपुर । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयकाकानुन अधिकृत कुमार रिजालका अनुसार, गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका थिए । आजकै बैठकबाट उक्त विधयेक पारित हुनेछ । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकामान्तर गरी खर्च गर्न विधेयक संशोधनको प्रक्रिया अगाडि बढाएको थियो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*