प्रतिनिधि सभाको बैठक जारी : रास्वपाद्वारा आजको संसद् बहिष्कार

बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १४:०४

मकवानपुर । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेकाे छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी छ ।

आइतबारकाे प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषदकाे निर्णयबाट जारी भएको वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।

रास्वपाद्वारा आजको संसद् बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन् ।

उनीहरू केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सहभागी छन्। सरकारबाट बाहिरिने कि सरकारमा रहने भन्ने विषयमा रास्वपाले आज अन्तिम निर्णय गर्दै छ। सोहीअनुसार उनीहरू छलफलमा जुटेका हुन् ।

स्रोतका अनुसार हिजो राति बसेको आकस्मिक बैठकले अघोषित रूपमा आजको संसद् बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। रास्वपाबाट इन्दिरा राना उपसभामुख बनेसँगै प्रतिनिधिसभामा रास्वपाका १८ सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*