विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

निर्णायक भनिएको रास्वपाको बैठक जारी
बकैया दर्पण संवाददाता
२२ माघ २०७९, आईतवार १२:४२

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिनुभयो ।

मैले सिधा कुरा नगरेको धेरै भएछ भन्दै उहाँ सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ’पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’

निर्णायक भनिएको रास्वपाको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा जारी बैठकले गृह मन्त्रालयको विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ ।

बैठकले सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निष्कर्ष निकाल्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति रवि लामिछानेलाई गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गरेपछि रास्वपा अनिर्णीत बनिरहेको छ ।

आइतबार बिहान सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए। गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ ।

निर्णायक भन्दै शनिबार साँझबाट राति अबेलासम्म बसेको बैठक बिना निष्कर्ष सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*