आज मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए

बकैया दर्पण संवाददाता
२० माघ २०७९, शुक्रबार १९:४८

मकवानपुर । मधेस प्रदेशका नवनियुक्त ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सामाजिक विकास मन्त्री सुरिता कुमारी साह,खानेपानीमन्त्री सिंहासिन साह कलवार,‍शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव,महिला बालबालिका मन्त्री मोहम्मद जयद आलम, गृहमन्त्री शत्रुधन प्रसाद सिंह, कानुनमन्त्री राजकुमार लेखीले शपथ ग्रहण गरेका हुन् ।

यस्तै शेख अब्दुल आलम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्य मन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वसन्त कुशवाहाले कार्यभार सम्हालिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*