स्वास्थ्यमन्त्रीको खरिद प्रक्रिया पारदर्शी बनाउन निर्देशन

बकैया दर्पण संवाददाता
१९ माघ २०७९, बिहीबार १६:३०

मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छन् । बिहीबार स्वास्थ्य सेवा विभागको अनुगमन गर्दै प्रेस ब्रिफिङमा उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन्। ‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,’ उनले भने ।

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहीन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए । उनले भने–’उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं । तलबाट आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामग्री त्यसरी अलपत्र हुनु हुँदैन । यसतर्फ सजग रहनुस् ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको भ्रमणपछि उनले प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए । कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोज ल्याउनेबारे योजना बनाउनुपर्ने पनि बताएका थिए । यस्तै स्वास्थ्य संस्थाहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने पनि उनको भनाइ थियो। ‘घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ,’ उनले भने ।

मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको भन्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए ।माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*