आज नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्दै

बकैया दर्पण संवाददाता
१९ माघ २०७९, बिहीबार ०९:१९

मकवानपुर । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ । यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*