माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

बकैया दर्पण संवाददाता
१८ माघ २०७९, बुधबार १२:४७

मकवानपुर । सत्तारूढ प्रमुख दल नेकपा माओवादी केन्द्रकाे बुधबार बस्ने भनिएकाे स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित भएकाे छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे कार्य व्यस्तताका कारण बैठक स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार बैठक भाेलि बस्नेछ । आजकाे बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएकाे थियाे । यस्तै, बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएकाे थियाे । माओवादीको पदाधिकारी बैठक सोमबार र मंगलबार लगातार बसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिइसकेकाे छ ।

यता प्रधानमन्त्री प्रचण्ड भने रवि लामिछानेलाई मात्र नभइ राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने बताएका छन् । गृह मन्त्रालयकाे किचलाेलाई टुंग्याउन उनी आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*