बालुवाटारमा प्रचण्ड-ओली भेट, गृह मन्त्रालयबारे छलफल

बकैया दर्पण संवाददाता
१८ माघ २०७९, बुधबार १२:३८

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान बालुवाटार पुगे अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता र पासपोर्टको विवाद नसल्टिएकाले तत्काल गृह मन्त्रालय आफूसँगै राख्दै जवाफ दिँदै आइरहेका छन् ।

यता, रास्वपाले भने गृह नपाए सरकार छोड्ने सम्मको चेतावनी दिइरहेको छ। सभापति लामिछानेले मंगलबार साँझ अध्यक्ष ओलीसँग भेट गरेर गृह मन्त्रालय आफूलाई दिनुपर्ने माग गरेका थिए । सोही विषयमा कुराकानी गर्न अध्यक्ष ओली बालुवाटार पुगेको स्रोतले जानकारी दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*