फेरि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति चयन

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १८:४३

मकवानपुर । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । धुम्बाराहीमा आज आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेकाे नागरिकता नै अवैध ठहर गरेपछि उहाँको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर आज नागरिकता पुनः कायम भएपछि उहाँ फेरि सभापति हुन योग्य हुनुभएको हो ।

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*