रविले पाए नागरिकता

बकैया दर्पण संवाददाता
१५ माघ २०७९, आईतवार १४:१०

मकवानपुर । रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन: नागरिकता कायम भएको जानकारी दिए ।

नागरिकताको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछानेको सांसद तथा गृहमन्त्री पद खारेज भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*