अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बन्द

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १५:४२

मकवानपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा १ घण्टा भन्दा बढी समयदेखि विमान उडान र अवतरण बन्द भएको छ ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज र यहाँ अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको हाे । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रुहरु विमानस्थलमा नै अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् । सर्भर बिग्रिएका कारण यि ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । अहिले विमानस्थलमा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

तर अध्यागमनको सर्भर बिग्रिएको यो पहिलो घटना भने होइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*