सरकारी सर्भर ह्याक, सबै वेबसाइट डाउन

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १५:३९

मकवानपुर । सर्भर ह्याक हुँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएकाे छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन नै भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*