अब स्वतन्त्र पार्टीको कार्यवाहक सभापति अर्याल, दलको नेता श्रेष्ठ

बकैया दर्पण संवाददाता
१४ माघ २०७९, शनिबार १०:४३

मकवानपुर । पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछाने नागरिकताका कारण पदमुक्त भएपछि स्वतन्त्र पार्टीको दुवै पदको जिम्मेवारी अरु नेताहरुलाई दिने भएको छ ।

शुक्रबार साँझ सर्वोच्चको आदेश आएसँगै राति नै बैठक बसेर दुवै पदको जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो । स्वतन्त्र पार्टीका एक नेताका अनुसार पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी श्रममन्त्री समेत रहेका डोरप्रसाद अर्याललाई दिइने भएको छ । उनी अहिले पार्टीको उपसभापति छन् ।

त्यस्तै दलको नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइने भएको छ। उनी काठमाडौँ ८ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*