माओवादी केन्द्रको निर्णय अनुसार राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने

बकैया दर्पण संवाददाता
१३ माघ २०७९, शुक्रबार १८:१०

मकवानपुर । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी केन्द्रको शुक्रवार बसेको पार्टी स्थायी कमिटीले बैठकले त्यस्तो निर्णय गरेको हो । एमालेसहितका दलहरुसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

बैठकमा धेरैजसो नेताहरुले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि त्यसै अनुसार अघि बढने नीति लिएको उहाँको भनाइ थियो । उपाध्यक्ष महराले भन्नुभयो, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्ने धेरै कमरेडहरुको आवाज आएको छ । राष्ट्रिय सहमति कहाँ हुन्छ ? राष्ट्रिय सहमति खोज्ने हाम्रो नीति छ । राष्ट्रिय सहमति हुन्छ कि हँदैन ? त्यो बाँकी छ । तर हाम्रो मत भने त्यो हो । अरु पार्टीसँग पनि छलफल हुन्छ । एमालेसहितको राष्ट्रिय सहमतिमा जाने हो । त्यसमा एमालेलाई धोका दिने भन्ने हुँदै होइन । राष्ट्रिय सहमति कायम गर्न पहल गर्ने हो ।’

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धी प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेस गर्नु भएको थियो । पार्टी एकतासम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रुपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ । त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा खास गरेर तीन जना कमरेडहरु र मैले पार्टी एकता सम्बन्धी प्रतिवेदन पेस गरेँ । त्यसपछि जनार्दन शर्माले संगठन सम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन पेस गर्नु भयो । र, हिजो अध्यक्षले पेश गर्नु भएको प्रतिवेदन र यी सबै विषयमा आज २७ जना कमरेडहरुले आ–आफ्नो मत राख्नु भयो । हिजोबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक पर्सि १६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*